६ फागुन, काठमाडौं । चुनावबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्दैछ । आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।
बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई सहभागी हुन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4