+
+
Shares

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (तस्वीरहरू)

टुँडिखेलमा विशेष समारोह आयोजना गरी झाँकी र परेडसहित दिवस मनाइएको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ फागुन ७ गते ११:१६

७ फागुन, काठमाडौं । आज विशेष समारोहको आयोजना गरेर टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित कार्यक्रममा झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।

बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित सरकारी उच्च पदस्थ व्यक्तिको उपस्थितिमा दिवस मनाइएको हो । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित समारोहमा सरिक भएका हुन । आयोजित समारोहमा सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठितव्यक्तिहरुको सहभागिता रहेको थियो ।

दिवसका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?