+
+
Shares

भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि बढौं : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढ्न आह्वान गरेका छन्।
  • उनीहरूले प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रको मर्म आत्मसात गर्नुपर्नेमा जोड दिएका छन्।
  • रवि लामिछानेले रमजान महिनाको अवसरमा मुस्लिम समुदायलाई मुवारक दिँदै शान्ति, सहिष्णुता, सद्भाव र एकताको भावना सुदृढ बनाउन प्रेरित गरोस् भने।

६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि बढ्न आह्वान गरेका छन् ।

प्रजातन्त्र दिवसको शुभकामना दिँदै उनले प्रजातन्त्रको मर्मलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

‘प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढौं, प्रजातन्त्र दिवसको शुभकामना,’ उनले लेखेका छन् ।

यसका साथै, बुधबार सुरु भएको रमजान महिनाको अवसरमा उनले मुस्लिम समुदायलाई मुवारक भनेका छन् । ‘यस महिनाले शान्ति, सहिष्णुता, सद्भाव र एकताको भावना अझ सुदृढ बनाउन प्रेरित गरोस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?