+
+
Shares

धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १७:५४

काठमाडौँ । नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

आज सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको सहरजिस्ट्रार एवम् प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

सर्वोच्चले बास्तोलालाई पक्राउको कारण पेस गर्न पनि सरकारको नाममा आदेश गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनी पक्राउ परेपछि शावित्रीकुमारी वलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखलाई विपक्षी बनाइ बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?