+
+
Shares

बागलुङ आइपुगे मतपत्र र निर्वाचन सामाग्री

बागलुङमा फगुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १८:३०

११ फागुन, बागलुङ । बागलुङमा फगुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ ।

बागलुङको दुई वटा निर्वाचन क्षेत्रका लागि दुई लाख सात हजार प्रत्यक्ष र दुई लाख १३ हजार समानुपातिकतर्फको मतपत्र आएको हो ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङका मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ र निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा मतपत्र आइको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले जानकारी दिए ।

रिजालका अनुसार बागलुङ क्षेत्र नम्बर एकमा एक लाख दुई हजार र समानुपातिक तर्फको एक लाख ११ हजार मतपत्र आइतबार प्राप्त भइसकेको छ । यस्तै आइतबारनै बागलुङ क्षेत्र नम्बर २ को कार्यालय रहेको बुर्तिबाङमा समेत मत पत्र पुगेको हो ।

दुई वटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामाग्री समेत आइसकेको यज्ञ रिजालले जानकारी दिए । उनले छेकाबार, मतपेटिका, मतदानका लागि आवश्यक अन्य सामाग्री समेत कार्यालयमा आइसकेको छ ।

निर्वाचनमा बागलुङमा दुई हजार ६० जना कर्मचारी ६३७ नेपाल प्रहरी, एक हजार २९८ निर्वाचन प्रहरी परिचालन गरिएको छ ।

यस्तै निर्वाचनमा नेपाली सेना र शसस्त्र प्रहरी आवश्यकताका आधारमा खटिने तयारी भइरहेको छ । बागलुङमा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु गरी दुई हजार ६० जना कर्मचारी खटाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा २३० मतदान अधिकृत, २३० सहायक मतदान अधिकृतसँगै एउटा मतदान केन्द्रमा अन्य सात जनाका दरले एक हजार ६१० कर्मचारी परिचालन गरिने तयारी भएको निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए ।

निजामती कर्मचारीबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतमा प्राथमिकता दिइएको र अपुग कर्मचारीलाई शिक्षकबाट खटाउन थालिएको छ ।

बागलुङमा सुरक्षा संवेदनशिलता, मतदाताको संख्या घटबढ, तथा पायक पर्ने स्थान लगायतका कारण एक मतदानस्थल थप गरेको र एक मतदना केन्द्र घटाएर १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको हो ।

यस्तै दुई मतदानस्थललाई स्थानान्तरण समेत गरिएको छ । १० स्थानीय तह र दुई प्रतिनिधिसभा सदस्य रहेको कुल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् । यस पटक दुई प्रतिनिधिसभा सदस्यका लागि २३ जना चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?