+
+
Shares

स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते ६:२७

१५ फागुन, स्याङ्जा । जय मातृभूमि पार्टीका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा उम्मेदवार बनेका कर्नेल धनबहादुर थापाले नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

आफू चुनावी मैदानमा रहँदा मत विभाजन भई देशलाई आवश्यक शक्ति कमजोर बन्न सक्ने निष्कर्षमा पुगेपछि कांग्रेसका मल्ललाई समर्थन गर्ने निर्णय लिएको उनको भनाइ छ ।

‘देश अहिले जटिल मोडमा छ । स्थिरता र निकासका लागि बलियो नेतृत्व चाहिन्छ,’ थापाले भने, ‘साथीहरूसँग परामर्श गरेर कांग्रेसका युवा नेता मल्ललाई समर्थन गर्ने निर्णय गरेका हौं ।’

जय मातृभूमि पार्टीका संस्थापक लक्ष्मीकान्त पाण्डेले पनि थापाले व्यापक छलफलपछि नै यस्तो निर्णय लिएको जानकारी दिए ।

उनका अनुसार नेपालसहित भारत तथा अन्य मुलुकमा सेवा गरेका सेवानिवृत्त सेना, प्रहरी र सुरक्षाकर्मीहरूको सहभागितामा पार्टी स्थापना गरिएको हो ।

यसैबीच, क्षेत्र नम्बर २ का कांग्रेस सभापति दिलिपप्रताप खाँणले थापाको समर्थनले पार्टीलाई थप ऊर्जा मिलेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?