१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी कांग्रेसले लिने बताएका छन् ।
सर्लाहीको ईशवरपुर नगरपालिकामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त अवधिमा बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने बताए ।
अब बन्ने कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको १ गते देशवासीका लागि सरकारले गर्ने कामको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिने पनि उनले बताए ।
‘वैशाख महिनादेखि सरकारले मासिक रूपमा आफ्नो कार्यसम्पादनबारे जानकारी दिनेछ र त्यसको समीक्षा पनि नियमित गरिनेछ,’ सभापति थापाले भने ।
यसले सरकारको कामप्रति पारदर्शिता बढ्नुका साथै जनतालाई प्रत्यक्ष जानकारी पुग्ने र कामको गति समेत तीव्र हुने उनको भनाइ थियो ।
सभापति थापाले कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउने दाबी समेत गरे ।
प्रतिक्रिया 4