+
+
Shares

मिसन-भिजनको अत्तोपत्तो नभएकाहरू विकल्प हुन सक्दैनन् : महत

नेता महतले पुराना अरू दुई वटा दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले पनि देशलाई निश्चित दिशामा लैजान नसक्ने स्पष्ट भइसकेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १८:११

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै नयाँ भनिएका पार्टी विकल्प हुन नसक्ने बताएका छन् । शनिबार नुवाकोट–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले भिजनको अत्तोपत्तो नभएकाहरू विकल्प हुन नसक्ने बताएका हुन् ।

‘नयाँ भनेर आएका पार्टीहरू हामीले देखेका छौँ । जसको मिसन र भिजनको अत्तोपत्तो नै छैन,’ महतले भने, ‘उनीहरू पुराना र लोकतन्त्रका लागि लडेका दलको विकल्प हुन सक्दैनन् ।’ लोकतन्त्रलाई संस्थागत गर्न र स्थिरता कायम गर्न संसद्मा अत्यधिक संख्यामा कांग्रेसका सांसद पुग्नुपर्ने उनले बताए ।

नुवाकोट–१ मा प्रतिनिधिसभा उम्मेदवार समेत रहेका नेता महतले पुराना अरू दुई वटा दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले पनि देशलाई निश्चित दिशामा लैजान नसक्ने स्पष्ट भइसकेको बताए ।

‘तितो पोखेर देशलाई बलियो बनाउन सकिन्न । मम बोलेर राष्ट्रलाई जोगाउन, बलियो पार्न र मित्रराष्ट्रहरूबाट सहयोग सुनिश्चित गर्न जरुरी छ,’ उनले भने ।

महतले कांग्रेस निकै पुरानो पार्टी भएकाले बहस र विवाद हुनु स्वाभाविक रहेको भन्दै समाधान पनि निकाल्ने तर्क गरे । अहिले अहिले विशेष महाधिवेशनबाट एउटा नेतृत्व बनिसकेको अवस्थामा त्यसलाई नमान्ने भन्ने बहस पार्टीभित्र नरहेको पनि उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?