+
+
Shares

निर्वाचन आयोगले भन्यो- प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १८:२४

१६ फागुन, काठमाडौं । निर्वाचन आयोगले नेपाल सरकारले जारी गरेको प्रेस पास भएका सञ्चारकर्मीहरुलाई छुट्टै सवारीपास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।

आयोगले शनिबार एक विज्ञप्ति जारी गरी ‘सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनहरुलाई पास आवश्यक नपर्ने’ भनेको हो ।

आयोगले आठ प्रकारका सवारीचालकहरुलाई त्यसको सूचीमा राखेको छ । आठौं नम्बरमा ‘प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन’ पनि परेको छ ।

तर प्रेस पास बाहेक सञ्चारकर्मीले आफ्नो सवारीसाधनमा प्रेस पास नभएका अन्य व्यक्तिलाई लैजान पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?