+
+
Shares

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई लिएर बीबीसीले प्रकाशन गरेको डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र लेखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले बीबीसीले बनाएको भदौ जेनजी आन्दोलनसम्बन्धी डकुमेन्ट्री रिपोर्ट हटाउन प्रेस काउन्सिललाई पत्र लेखेको छ।
  • निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगले पत्र पठाएको जानकारी अनलाइनखबरसँग दिएका छन्।
  • बीबीसीको रिपोर्टमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको उल्लेख छ।

१४ फागुन, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई लिएर बीबीसीले प्रकाशन गरेको डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र लेखेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज बिहीबार काउन्सिललाई पत्र पठाइएको जानकारी दिए ।

‘बीबीसीको रिपोर्ट हटाउन भन्दै आयोगले पत्र पठाएको हो’ उनले अनलाइनखबरसँग भने ।

बीबीसी वर्ल्ड सर्भिस र नेपाली सेवाले अंग्रेजी र नेपाली भाषामा दुई भिडियो रिपोर्ट आज सार्वजनिक गरेका थिए । रिपोर्टमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई उतारिएको छ । रिपोर्टमा आन्दोलनको क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?