+
+
Shares

मध्यपूर्व तनावबारे प्रचण्ड- नेपालीको सुरक्षा हाम्रो प्राथमिकता

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार फेसबुकमार्फत त्यहाँको घटनाबारे चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षाबारे चासो राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १९:२१

१६ फागुन, काठमाडौं । मध्यपूर्वमा विकसित क्षेत्रीय युद्धको तनावबारे नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि चिन्ता व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार फेसबुकमार्फत त्यहाँको घटनाबारे चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षाबारे चासो राखेका छन् ।

‘इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाहरूले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको छ । यस परिस्थितिप्रति म गहिरो चिन्ता व्यक्त गर्दछु,’ प्रचण्डले लेखेका छन्, ‘यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो ।’

विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव त्यहाँ रहेका नेपालीमा पर्नसक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘सरकारले आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन म आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?