१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै इरानी नेतृत्व आफूहरूको हमलामा मारिएको प्रतिक्रिया दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एबीसी न्युजसँगको कुराकानीका क्रममा उनले आफूले धेरैभन्दा धेरै इरानी नेतृत्व मारिएको विश्वास लिएको बताएका हुन् ।
निकै शक्तिशाली हमला भएको बताउँदै ट्रम्पले सबै विस्तृत बारे अहिले सबै थाहा नभएको पनि बताएका छन् ।
उनलाई इजरायलसँगको संयुक्त कारबाहीका क्रममा इरानका सर्वोच्च नेता पनि मारिएको हो ? भन्ने प्रश्न सोधिएको थियो ।
जसको जवाफमा ट्रम्पले भनेका छन्, ‘धेरै हो । के कति हामी सबैलाई पक्कै थाहा छैन । धर धेरै मात्रामा हो । यो निकै शक्तिशाली हमला पनि थियो ।’
इरानसँगको तनाव अझै बढ्दै जाने देखिएको छ ।
इरानले भने संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई पत्र पठाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले इरानका विदेश मन्त्रीले यूएनसीसीलाई पठाएको पत्र आफूहरूले प्राप्त गरेको बताएको छ ।
शनिबार बिहानदेखि निरन्तर भइरहेको आक्रमणमाथि अहिले आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको छ ।
प्रतिक्रिया 4