News Summary
Generated by OK AI. Editorially reviewed.- सुपर खुदी हाइड्रोपावरको १२ लाख ८६ हजार ५०० कित्ता आईपीओ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले फागुन १७ गते बाँडफाँट गरेको छ।
- फागुन ५ देखि ११ गतेसम्म सर्वसाधारणका लागि खुला आईपीओमा २५ लाख ८० हजार ४७० आवेदन स्वीकृत भएका थिए।
- कम्पनीले लमजुङमा २६ मेगावाट माथिल्लो खुदी जलविद्युत् आयोजना बनाएको र साधारण लगानी फिर्ता हुने अवधि ७।२१ वर्ष अनुमान गरेको छ।
१७ फागुन, काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आइतबार आईपीओ बाँडफाँट गरेको छ ।
फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि कम्पनीको १२ लाख ८६ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई खुलेको थियो । क्यापिटलका अनुसार सो सेयरमा २५ लाख ८० हजार ४७० आवेदन स्वीकृत भएको थियो ।
जसअनुसार १ लाख २८ हजार ६५० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
कम्पनीले लमजुङमा २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत् आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । साधारण लगानी फिर्ता हुने अवधि ७।२१ वर्ष अनुमान छ ।
असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ४।४५ रुपैयाँ छ । ४६ करोड ५३ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ । केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ ।
प्रतिक्रिया 4