+
+
Shares

चुनावी प्रचारमा राष्ट्रिय झण्डा दुरुपयोगबारे कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १७:१२

१७ फागुन, काठमाडौं । चुनावी प्रचार/प्रसारमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ ।

यी लगायतका आचारसंहिता उल्लंघनको घटनाका सन्दर्भमा कांग्रेसले निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गरेको हो ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेको नेतृत्वको टोलीले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

पहिलो बुँदामा ‘राजनीतिक दलहरूले भौतिक चुनाव चिह्नको खुलेआम दुरुपयोग गरिरहेको’ उल्लेख छ । यसअघि निर्वाचन आयोगले चुनाव चिह्नको भौत्तिक रुपमै प्रयोग गर्न नपाइने भनेर विज्ञप्ति नै निकालेको थियो ।

दोस्रो बुँदामा राजनीतिक दलहरुले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराएको भनिएको छ । निर्वाचनको प्रचारप्रसार वा अनय प्रकारका गतिविधिमा बालबालिकाको प्रयोग गर्न नपाइने निर्वाचन आचारसंहितामा छ ।

निर्वाचन आयोगले राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको भन्ने विषय तेस्रो बुँदामा रहेको छ ।

चौथो बुँदामा मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जालमार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?