+
+
Shares

नियन्त्रणमा आयो दाउरा थकालीमा लागेको आगो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १६:२२

१९ फागुन, काठमाडौं । पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार आगलागी भएको केही समयमा आगो नियन्त्रणमा लिइएको हो । दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आठौं तलामा रहेको दाउरा थकाली भने आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको उनले बताए । दाउरा थकाली बाहेक अन्य ठाउँहरूमा भने क्षति भएको छ ।

एसपी गौतमका अनुसार विद्युत् सर्ट भएर आगो लागेको बताइएको छ । कुनै मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?