News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा करिब ४३ करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ, जुन गत वर्षको तुलनामा करिब ९ करोडले कम हो।
- गत आव २०८१/८२ को सोही अवधिमा ५२ करोड ५ लाख २२ हजार रुपैयाँ बराबरको १० हजार ३ सय ९९ टन कोदो आयात भएको थियो।
- चालु वर्ष सात महिनामा कोदो आयातबाट सरकारले २ करोड १५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन गत वर्षको तुलनामा घटेको छ।
२० फागुन, काठमाडौं । नेपालमा कोदो आयात गत वर्षको तुलनामा घटेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा करिब ४३ करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ, जुन गत वर्ष सोही अवधिको तुलनामा करिब ९ करोडले कम हो ।
चालु आव साउनदेखि माघ मसान्तसम्म कुल ४२ करोड ९७ लाख १४ हजार रुपैयाँको ८ हजार ५ सय ६४ टन कोदो आयात भएको छ ।
यसमध्ये खानका लागि प्रयोग हुने अन्य कोदो ४२ करोड ९३ लाख १५ हजार रुपैयाँको ८ हजार ५ सय ५८ टन आयात भएको छ । यस्तै कोदोको बिउ ३ लाख ९९ हजार बराबरको ६ टन भित्रिएको छ ।
चालु वर्ष सात महिनामा कोदो आयातबाट सरकारले कुल २ करोड १५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
गत आव २०८१/८२ सोही अवधिमा भने ५२ करोड ५ लाख २२ हजार बराबरको १० हजार ३ सय ९९ टन कोदो आयात भएको थियो ।
गत वर्षको तथ्यांक अनुसार ५२ करोड ३ लाखको अन्य कोदो र २ लाख २३ हजारको ४ टन बिउ कोदो आयात भएको थियो । त्यस अवधिमा कोदो आयातबाट ३ करोड ९० लाख ९२ हजार बराबर राजस्व संकलन भएको थियो ।
गत आव सात महिनाको तुलनामा यस वर्ष कोदो आयात रकम, परिमाण र त्यसबाट संकलन हुने राजस्व तीन वटै घटेको देखिन्छ ।
प्रतिक्रिया 4