+
+
Shares

निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त : ‘आउटर’ घेरामा सेना, ‘कोर’ घेरामा प्रहरी

राउतका अनुसार तीन घेरामा सुरक्षा प्रबन्ध रहन्छ । जुन विगतदेखि नै हुने गरेको अभ्यास हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १७:२५

२० फागुन, काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअन्तर्गत कडा सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा गइसकेको जानकारी दिएका हुन् ।

आयोगलाई प्राप्त जानकारीअनुसार देशभर रहेका कुल १० हजार ९६७ मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा तीन भागमा वर्गीकरण गरिएको छ ।

विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्यांकन गर्दै ३ हजार ६८० वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । त्यसैगरी, ४ हजार ४४२ वटा मतदान स्थललाई ‘संवेदनशील’ र २ हजार ८४५ वटा मतदान स्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ ।

जम्मा १० हजार ९६७ मतदान स्थलहरुलाई बाँडफाँड गरिएको छ ।

राउतका अनुसार तीन घेरामा सुरक्षा प्रबन्ध रहन्छ । जुन विगतदेखि नै हुने गरेको अभ्यास हो । त्यसमा सबभन्दा ‘आउटर’ (बाहिरी) घेरामा नेपाली सेना त्यसपछि सशस्त्र प्रहरी बल र ‘कोर’ (भित्री) घेरामा भित्र नेपाल प्रहरीको रहने व्यवस्था छ ।

सचिव राउतले मतदान स्थलहरूको यो वर्गीकरण विशुद्ध रूपमा सुरक्षाकर्मी परिचालनको सहजता र सुरक्षा प्रवन्ध मिलाउनका लागि मात्र गरिएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?