+
+
Shares

झापा-५ : दमकमा यसरी हुँदैछ मतदान तयारी (तस्वीरहरू)

यो पटक देशभरको ध्यान झापातिर केन्द्रित भएको छ । विशेषगरी झापा–५ मा हुने प्रतिस्पर्धालाई लिएर यसपटक चासो बढेको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ फागुन २० गते १७:५२

२० फागुन, झापा (दमक) । देश निर्वाचनको पूर्वसन्ध्यामा छ । भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको छ ।

देशभरका मतदानस्थलमा कर्मचारीहरू पुगेर काम थालिसकेका छन् । सरकारले सुरक्षा व्यवस्था पनि मजबुद बनेको दाबी गरेको छ ।

यसैबीच यो पटक देशभरको ध्यान झापातिर केन्द्रित भएको छ । विशेषगरी झापा–५ मा हुने प्रतिस्पर्धालाई लिएर यसपटक चासो बढेको हो ।

झापाको दमक नगरपालिका–९ स्थित सरस्वति माध्यमिक विद्यालयको खेल मैदानभित्र मतदानका लागि तयारी पूरा भएको छ ।

यो केन्द्रमा ३ हजार ७८८ मतदाता छन् । यो झापा–५ भित्रै पर्छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?