२१ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशमा ५८.६५ प्रतिशत मतदान भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३१० मतदाता थिए ।
प्रारम्भिक विवरण अनुसार २० लाख ९६ हजार ४९५ मत खसेको हो । खसेको मत मध्ये पुरुष १० लाख २५ हजार ९६८, महिला १० लाख ७० हजार ५२०, अन्य ७ जना छन् ।
कोशी प्रदेशका पाँच जिल्लामा ५० प्रतिशत भन्दा कम मत खसेको छ । सुरक्षा निकायले संकलन गरेको विवरण अनुसार ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, भोजपुर र पाँचथरमा ५० प्रतिशत भन्दा कम मत खसेको हो ।
ओखलढुंगामा ५९ हजार ७९ मत खसेको छ । यो जिल्लामा एक लाख २२ हजार ७१५ मतदाता थिए । खसेको मतको संख्या ४८.१४ प्रतिशत हो ।
एक लाख ४७ हजार १२० मतदाता रहेको खोटाङमा ६३ हजार ३५ मत खसेको छ । यो ४२.८५ प्रतिशत हो ।
८५ हजार ५१५ मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४०१ मत खसेको छ । यो ४८.४१ प्रतिशत हो ।
एक लाख ४३ हजार ४०८ मतदाता रहेको पाँचथरमा ७१ हजार १७० अर्थात ४९.६३ मत खसेको छ ।
सबैभन्दा बढी मोरङमा मतदान भएको छ । ७ लाख ८३ हजार ५० मतदाता रहेको मोरङमा ५ लाख ५ हजार ५१४ अर्थात ६४.५६ मत खसेको छ ।
सात लाख १३ हजार ५३७ मतदाता रहेको झापामा ४ लाख ५८ हजार २७९ मत खसेको छ । यो ६४.२३ प्रतिशत हो ।
दुई लाख ३१ हजार ८०९ मतदाता रहेको इलाममा एक लाख ३२ हजार २१४ अर्थात ५७.०४ प्रतिशत मत खसेको छ ।
९० हजार ३२७ मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ४०२ मत खसेको छ । यो ५१.३७ प्रतिशत हो ।
पाँच लाख ८० हजार ९४५ मतदाता रहेको सुनसरीमा तीन लाख ६९ हजार ६ सय अर्थात ६३.६२ प्रतिशत मत खसेको छ । एक लाख १८ हजार ४२५ मतदाता रहेको धनकुटामा ६४ हजार ३१५ अर्थात ५४.३१ प्रतिशत मत खसेको छ ।
७३ हजार १३७ मतदाता रहेको तेह्रथुममा ३९ हजार ९९३ अर्थात् ५३.५९ मत खसेको छ । एक लाख १९ हजार ६३० मतदाता रहेको संखुवासभामा ६३ हजार ६३४ मत खसेको छ । यो ५३.१९ प्रतिशत हो ।
दुई लाख ३८ हजार ९२६ मतदाता रहेको उदयपुरमा एक लाख २४ हजार ५९० मत खसेको छ । यो ५२.१५ प्रतिशत हो ।
प्रतिक्रिया 4