+
+
Shares

काभ्रेपलाञ्चोक-२ मा बिहान १० बजेदेखि मतगणना हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोक-२ को सर्वदलीय बैठकले अब बिहान १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ।
  • बैठकमा प्रत्येक वडाको छुट्टाछुट्टै मतगणना गर्ने सहमति भएको छ।
  • काभ्रे-२ मा एमालेका अशोक ब्याञ्जु र कांग्रेसका मधुप्रसाद आचार्यसहित २४ जना उम्मेदवार छन्।

२२ फागुन, काभ्रे । काभ्रेपलाञ्चोक-२ को सर्वदलीय बैठक सकिएको छ । बैठकले अब बिहान १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ ।

सर्वदलीय बैठकमा प्रत्येक वडाको छुट्टाछुट्टै मतगणना गर्ने सहमति भएको भएको छ ।

काभ्रे-२ मा एमालेबाट अशोक ब्याञ्जु, र नेपाली कांग्रेसबाट मधुप्रसाद आचार्य उम्मेदवार छन् । १६ दलका प्रतिनिधि र ८ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीकी बसुन्धरा हुमागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारी, उज्यालो नेपाल पार्टीका ज्योत्सना सैँजु तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका रञ्जीव श्रेष्ठलगायत उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?