News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले झापा ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा २९ हजार बढी मत ल्याएका छन्।
- मतगणनाको पछिल्लो परिणामअनुसार बालेन्द्रले ३९ हजार २८४ मत ल्याउँदा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन्।
- झापा ५ मा अहिलेसम्म ६२ हजार १ सय मत गणना भएको छ, जसमा २ हजार ५४९ मत बदर भएका छन्।
२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री घोषणा गरेका बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतान्तर झन् बढाउँदै लगेका छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार झापा ५ मा उनी नेकपा एमालेका अध्यक्ष ओलीभन्दा २९ हजार बढी मतले अगाडि देखिएका छन् । बालेनले ३९ हजार २८४ मत ल्याउँदा ओली १० हजार २९३ मतसहित दोस्रो स्थानमा छन् ।
झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत ल्याएकी छन् ।
यहाँ अन्य उम्मेदवारले चार अंकको योगफल जोड्न सकेका छैनन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९४१ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले ८६१ मत जोडेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा–५ मा अहिलेसम्म ६२ हजार १ सय मत गणना भएको छ । जसमध्ये ५९ हजार ५५१ मत सदर भएको छ । आयोगका अनुसार २ हजार ५४९ मत बदर भएको छ ।
प्रतिक्रिया 4