News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन्।
- तिनले ४३ हजार ९६ मत ल्याएकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याएका छन्।
- नेकपा, नेकपा एमाले, राप्रपा, श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेदवारहरूले क्रमशः कम मत प्राप्त गरेका छन्।
२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् ।
उनले ४३ हजार ९६ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए ।
नेकपाका राजकाजी महर्जनले ६०२२ मत ल्याए । त्यस्तै नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत ल्याए । राप्रपाका सबिनकुमार खड्काले २०३७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १४७२ मत ल्याए । त्यस्तै उज्यालो नेपाल पार्टीका विजय पन्तले १३२० मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4