+
+
Shares

सुर्तीविरोधी अभियन्ताको संसदीय यात्रा

जेनजीको संघर्ष, समर्पण र बलिदानको जगमा रास्वपाले नयाँ जनादेश पाएको भन्दै चन्दले त्यसलाई पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द कैलाली-५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
  • चन्दले नेपाली कांग्रेसका नरनारायण शाहलाई करिब २० हजार मतान्तरले हराएका छन्।
  • चन्दले सुर्तीजन्य पदार्थ नियन्त्रण, स्वास्थ्य र शिक्षामा नीतिगत सुधारमा काम गर्दै आएका छन्।

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आनन्दबहादुर चन्द कैलाली-५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहलाई करिब २० हजार मतान्तरले हराए ।

चन्दले ३१ हजार ९ सय ५३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शाहले ११ हजार ९ सय ५८ मत ल्याएका थिए । सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका प्रेमबहादुर आलेले ७ हजार ८ सय ७६ मत प्राप्त गरे ।

यसअघि कांग्रेस र एमालेको गढ मानिने कैलाली-५ बाट विजयी चन्द रास्वपाभित्रका बौद्धिक उम्मेदवारका रूपमा परिचित छन् ।

चन्द नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानका अग्रणी अभियन्ता हुन् । जनस्वास्थ्यमा असर गर्ने सुर्ती तथा चुरोट खपत कम गराउने दिशामा उनले लामो समयदेखि अभियान सञ्चालन गर्दै आएका छन् ।

यसअघि त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्रका उपप्राध्यापक समेत रहेका चन्द शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार गर्ने काममा पनि संलग्न छन् ।

चन्दले काठमाडौं महानगरपालिकामा बालेन शाह मेयर हुँदा कार्यकालमा शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रम निर्माणमा सहयोग गरेका थिए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापकका रूपमा सेवा गरेका थिए ।

जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलाइना ए इन्ड टिस्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी पनि गरेका छन् ।

अध्ययन तथा अनुसन्धानमा सक्रिय उनका अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । आयरल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, बेलायत, मेक्सिको, इन्डोनेसिया लगायत विश्वका ठूला सम्मेलनमा नेपाल प्रतिनिधित्व गरेका छन् ।

सुर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, धूमपान निषेध कानुन, सुर्तीन्य पदार्थको विज्ञापन नियन्त्रण जस्ता नीतिमा सरकारलाई सघाउने मात्र होइन, दबाब पनि दिने काम गरेका छन् ।

नेपाल खाद्य संस्थानको अध्यक्ष भएर सुधारका काम गरेका छन् । बीपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जर्भेटरी एन्ड साइन्स म्युजियम विकास बोर्डका कार्यकारी निर्देशक रहिसकेका छन् ।

उनले सेती प्रादेशिक अस्पताल, फाप्ला क्रिकेट मैदान, गेटा मेडिकल कलेजजस्ता स्थानीय मुद्दालाई चुनावी एजेन्डामा समेटेका थिए ।

कैलाली–५ का जनताको परिवर्तनप्रतिको चाहना र उज्यालो भविष्यप्रतिको विश्वासका कारण आफूले विजय प्राप्त गरेको उनले बताए ।

विजयी भएपछि चन्दले जनताले आफूलाई विजयी गराएर ठूलो जिम्मेवारी प्रदान गरेको बताए । ‘यो समय उत्सवको समय नभएर जिम्मेवारीको हो,’ उनले भने ।

जेनजीको संघर्ष, समर्पण र बलिदानको जगमा रास्वपाले नयाँ जनादेश पाएको भन्दै चन्दले त्यसलाई पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?