News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक दाङ–१ बाट २७ हजार ३२२ मतान्तरले विजयी भएका छन्।
- पाठकले ४२ हजार ६ सय २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका याेगेन्द्र चौधरीले १५ हजार २८० मत पाएका छन्।
- नेपाली कम्युनिष्ट पार्टीका मेटमणी चौधरीले ४ हजार ९६५ र एमालेका रेवतीरमण शर्माले ६ हजार ८२५ मत प्राप्त गरेका छन्।
२३ फागुन, दाङ । दाङ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक फराकिलो मतले विजयी भएका छन् ।
पाठकले नेपाली कांग्रेसका सह-महामन्त्री याेगेन्द्र चाैधरीलाई २७ हजार ३२२ मतान्तरले पछि पर्दै जित निकालेका हुन । उनले ४२ हजार ६ सय २ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी चौधरीले १५ हजार २८० मत प्राप्त गरेका हुन ।
त्यस्तै अर्का प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टीका मेटमणी चौधरीले मत ४ हजार ९६५ मत प्राप्त गरेका छन् भने एमालेका रेवतीरमण शर्माले ६ हजार ८२५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4