+
+
Shares

एमाले संकटमा पर्दा राजेन्द्र राईको ह्याट्रिक, भन्छन्– कहिल्यै शासक भइनँ

पार्टी अध्यक्ष केपी शर्मा ओली आफै कीर्तिमानी मतान्तरले पराजित हुँदा नेकपा एमाले ठूलो संकटमा परेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका १६४ उम्मेदवारमध्ये ६ जनाले मात्र जितेका छन् र पार्टी अध्यक्ष केपी शर्मा ओली पराजित भएका छन्।
  • राजेन्द्र राईले धनकुटाबाट लगातार तीन पटक जित हासिल गरेका छन् र आफूलाई जनताका सेवक भनेका छन्।
  • राईले २०७९ सालको निर्वाचनपछि दुईपटक मन्त्री बने पनि लामो समय पदमा टिक्न सकेनन् र फेरि निर्वाचित भएका छन्।

२४ फागुन, काठमाडौ । पार्टी अध्यक्ष केपी शर्मा ओली आफै कीर्तिमानी मतान्तरले पराजित हुँदा नेकपा एमाले ठूलो संकटमा परेको छ ।

एमालेका १६४ उम्मेदवारमध्ये शनिबार रातिसम्म जम्मा ६ जनाले मात्र जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल बहुमत ल्याउने निश्चित भइसक्दा एमालेको बाँकी अग्रता पनि जोगिने सम्भावना कम छ ।

तर त्यही पार्टीका नेता राजेन्द्र राईले धनकुटाबाट जितमा ह्याट्रिक गरेका छन् । राईले आफ्नो जितलाई स्वभाविक मानेका छन् ।

‘म जनताका सेवक हुँ, कहिल्यै शासक बन्दिनँ,’ राईले अनलाइनखबरसँग भने, ‘हुलाकी भएर काम गर्छु ।’ राईले आफ्नो जितलाई स्वभाविक भने पनि यो निर्वाचनमा देखिएको प्रवृत्ति र एमालेका नेताले ह्याट्रिक गर्नु अर्थपूर्ण कुरा हो ।

अझ उनी २०७९ सालको निर्वाचन जितेपछि दुईपटक मन्त्री समेत भए । ‘मन्त्री हुँदा पनि जनताकै सेवामा समर्पित भएँ, त्यसैले त धनुकटाका जनताले मत जिएर जिताए नि,’ राई भन्छन् ।

२०७९ माघमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका राई एक वर्षपछि खानेपानी मन्त्री बने । तर राजनीतिक अस्थिरताका कारण दुवैपटक उनी लामो समय मन्त्री बन्न पाएनन् । ‘मन्त्री छोटो अवधि हुने कुरा मात्रै होइन, संसदको कार्यकाल पनि पुरा भएन,’ राई भन्छन्, ‘विशेष परिस्थितिमा चुनाव भयो ।’

तर कार्यकाल पूरा नभई चुनाव भए पनि जनताको विश्वास पाएर फेरि निर्वाचित भएको राईले बताए । ‘मुलुक अप्ठ्यारो अवस्थामा छ, हाम्रा धेरै नेताहरुले जित्नु भएको छैन,’ उनले भने, ‘आउने केन्द्रीय कमिटी बैठकले राजनीतिक कोर्सबारे निर्णय गर्छ ।’

अनुभवीलाई अनुमोदन

पुरानाविरुद्ध नयाँ भनेर प्रचार गरिएको यो निर्वाचनमा राईका प्रतिस्पर्धी अधिकांश युवा थिए । नेपाली कम्युनिस्ट पार्टीका ६५ वर्षीय धर्मराज पौडेल बाहेक अरु उम्मेदवार ५९ वर्षीय राई भन्दा कान्छा थिए ।

तर चार दशकदेखि धनकुटामै राजनीतिक योगदान दिएका राईले जिते । २०४२ सालमा एसएलसी उत्तीर्ण गरे पछि राई पूर्णकालीन राजनीतिमा लागेका थिए । २०४७ सालमा अनेरास्ववियु धनकुटाको जिल्ला अध्यक्ष भएका उनी २०४९ सालमा जिल्ला विकास समितिको सदस्य निर्वाचित भए । २०५४ सालमा जिविस उपसभापति भएका उनी किसान महासंघको केन्द्रीय सदस्य समेत भए ।

२०६६ असारमा सम्पन्न जिल्ला अधिवेशनबाट एमाले धनकुटाको जिल्ला अध्यक्षमा निर्वाचित राईले दुई कार्यकाल सम्हालेका थिए ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा धनकुटा–२ बाट उम्मेदवार बनेका थिए । तर राप्रपाका तत्कालीन महामन्त्री सुनिलबहादुर थापासँग ४५४ मतान्तरले पराजित भए । उक्त निर्वाचनमा राईले ९ हजार ६ सय ३६ मत प्राप्त गर्दा थापाले १० हजार ९३ मत ल्याएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा धनकुटाका सातै स्थानीय तह जिताउँदा उनी एमालेमा ‘म्यान अफ द इलेक्शन’ भनेर चिनिएका थिए । ०७४ सालकै प्रतिनिधि सभा निर्वाचनमा राईले उनै थापालाई १० हजार ४५९ मतान्तरले पराजित गरे । राईले ३७ हजार ३ सय ३३ मत प्राप्त गर्दा थापाले २६ हजार ८ सय ७४ मत पाएका थिए ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पनि धनकुटा अध्यक्ष रहे । २०७८ मंसिरमा सम्पन्न एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका राई एमाले धनकुटाको इन्चार्ज बनेका थिए ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राईले पुनः कांग्रेस नेता थापालाई १ हजार ३९७ मतान्तरले पराजित गरे । उक्त निर्वाचनमा राईले ३० हजार १ सय १ मत प्राप्त गर्दा थापाले २८ हजार ७ सय ४ मत पाएका थिए ।

 

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?