+
+
Shares

बालेनलाई राजेशपायलले दिए गीत उपहार : झिक्कै झिक्कै माया तम्लाई

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेन शाहले सुदुरपश्चिममा चुनाव प्रचारका क्रममा हिउँले ढाकिएको सडकमा उभिएको फोटोसँग 'सुदुर अब दूर नाई, झिक्कै झिक्कै माया तम्लाई' क्याप्सन सेयर गर्नुभयो।
  • उनको क्याप्सन लाखौं रिल्स र टिकटकमा भाइरल बनेको छ र राजनीतिक विम्बका रुपमा व्यापक प्रयोग भइरहेको छ।
  • गायक राजेशपायल राईले बालेनको क्याप्सनबाट प्रेरित भएर गीत तयार पारेका छन् र बालेनलाई जितको शुभकामना दिएका छन्।

काठमाडौं । चुनाव प्रचारका लागि बालेन शाह सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगेका थिए । सोही बेला उनले हिउँले ढाकिएको सडकमा उभिएको फोटो सेयर गर्दै क्याप्सन लेखेका थिए- सुदुर अब दूर नाई, झिक्कै झिक्कै माया तम्लाई ।’

उनको यो क्याप्सन निकै हिट भयो । यो क्याप्सनमाथि लाखौं रिल्स र टिकटक बने । समग्रमा भन्दा क्याप्सन निकै भाइरल बन्यो । राजनीतिक विम्वका रुपमा उनले भनेको यो प्रेमिल अभिव्यक्ति अहिले पनि उत्तिकै प्रयोग भैरहेको देखिन्छ ।

गायक राजेशपायल राईले त बालेनको उक्त क्याप्सनमाथि गीत नै तयार पारेका छन् । बालेनलाई जितको शुभकामना दिँदै गायक राईले गीतको लिंक सेयर गरेका छन् अनि बालेनको उक्त क्याप्सनको स्क्रिनसट ।

राई लेख्छन्, ‘मैले गीत नै उपहार दिएँ । बाँकी हेर्नु नहेर्नु तपाईंको अधिकार । भावी प्रधानमन्त्री बालेन शाहको स्टाटसबाट लिएको शब्द- झिक्कै झिक्कै माया तम्लाई ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?