+
+
Shares

कान्समा नेपालको स्टलमार्फत फिल्म, पोस्टर, ट्रेलरको प्रचारप्रसार गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १७:१०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक रूपमा सहभागिता जनाउने भएको छ।
  • चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा फेस्टिभल स्थलमा नेपालको स्टल राखिनेछ।
  • फेस्टिभलमा सहभागी नेपाली चलचित्रकर्मीले बोर्डको स्टलमार्फत प्रचार सामग्री प्रदर्शन गर्न सक्नेछन्।

काठमाडौँ । ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक रूपमा सहभागिता जनाउने भएको छ । आगामी मे १२ देखि २३, २०२६ सम्म फ्रान्सको कान्स शहरमा आयोजना हुने उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चलचित्र विकास बोर्डले नेपालको तर्फबाट सहभागिता जनाउने जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार तथा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यले यो सहभागिता तय गरिएको बोर्डले जनाएको छ ।

जसअनुसार, चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा फेस्टिभल स्थलमा नेपालको स्टल (बुथ) पनि राखिनेछ ।

कान्समा गएर आफै फेस्टिभलमा व्यक्तिगतरूपमा सहभागी हुने नेपाली चलचित्रकर्मीले बोर्डको उक्त स्टलमार्फत आफ्ना चलचित्र, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्री अन्तर्राष्ट्रिय दर्शक, वितरक र सम्भावित सहकार्यकर्तासमक्ष प्रदर्शन तथा प्रचार-प्रसार गर्न सक्ने भएका छन् ।

फेस्टिभलमा व्यक्तिगतरुपमा उपस्थित हुन नसक्ने फिल्मकर्मीले भने आफ्ना प्रचारसामग्री बोर्डमार्फत पेश गर्नुपर्ने जनाइएको छ । फेस्टिभलमा सहभागी हुन इच्छुक चलचित्रकर्मीहरूलाई चलचित्र विकास बोर्डसँग समन्वय गर्न पनि अनुरोध गरिएको बोर्ड अध्यक्ष दिनेश डीसीले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?