+
+
Shares

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता   

रासस रासस
२०८२ फागुन २६ गते १७:१९

२६ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो ।

गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
गृहमन्त्रालयका अनुसार गृहमन्त्री अर्यालले चीनले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै र भविष्यमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

उनले दूरसञ्चार र ‘साइबर क्राइम’ लगायत क्षेत्रमा सहयोग र सहकार्य आवश्यक भएको बताए ।

चिनियाँ राजदूतले सफलतापूर्वक आम निर्वाचन सम्पन्न गरेकामा नेपाल सरकारलाई धन्यवाद दिए । साथै उनले आपसी सम्बन्धलाई सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?