२७ फागुन, काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाइसकेको छ । अब केही मतगणना मात्रै बाँकी छ ।
रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४८ हजार ३१८ र चौथौ भएको नेकपाले ८ लाख ३ हजार ६२७ मत पाएको छ ।
यस्तै, पाँचौ भएको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ ।
समानुपातिकतर्फ हालसम्म एक करोड ७ लाख ३० हजार ५५१ मतगणना भएको छ । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।
यसअघि राष्ट्रिय दल बनेका र थ्रेसहोल्ड कटाएका मधेशवादी दलहरु भने यसपट निकै पछि परेका छन् । जसपा नेपालले एक लाख ७४ हजार ३०६ मत पाउँदा जनमत पार्टीले ७८ हजार ९४९ मत पाएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएको छ ।
प्रमुख केही दलहरुले पाएको मत

प्रतिक्रिया 4