+
+
Shares

शंकर पोखरेलको चुनाव खर्च १७ लाख ५० हजार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ को चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।
  • उनले मतदाता नामावली खरिदमा ५० हजार र सवारी साधनमा ३ लाख ५० हजार खर्च भएको उल्लेख गरेका छन्।
  • प्रचार प्रसार सामग्रीमा १ लाख ५० हजार र कार्यालय सञ्चालनमा १ लाख ५० हजार खर्च भएको विवरणमा उल्लेख छ।

२७ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

बुधबार उनले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेश गरेका हुन् ।

उनले पेश गरेको खर्च विवरण अनुसार, मतदाता नामावली खरिद बापत ५० हजार खर्च भएको उल्लेख छ । सवारी साधनमा ३ लाख ५० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) ३ लाख, प्रचार प्रसार सामग्री १ लाख ५० हजार, ढुवानीतर्फ १ लाख ५० हजार, गोष्ठी/अन्तरक्रिया १ लाख ५० हजार, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम २ लाख, कार्यालय सञ्चालन १ लाख ५० हजार, प्रतिनिधि परिचालन १ लाख र विविध खर्च गरेर १ लाख ५० हजार उल्लेख गरिएको छ ।

प्रत्येक उम्मेदवारले आफूले चुनावमा खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने हुन्छ । सोही अनुसार, आयोगमा उम्मेदवारहरूले विवरण पेश गरिरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?