News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ३.२५ प्रतिशत रहेको जानकारी सार्वजनिक गरेको छ।
- माघमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.५० र गैर–खाद्य तथा सेवा समूहको ३.६६ प्रतिशत रहेको छ।
- तरकारी उप–समूहको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशतले सबैभन्दा बढी बढेको छ।
२७ फागुन, काठमाडौं । पुसको तुलनामा माघमा मूल्यवृद्धि बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार माघमा उपभोक्ता मूल्यवृद्धि ३.२५ प्रतिशत रहेको छ । पुसमा २.४२ प्रतिशत मात्रै थियो । अघिल्लो वर्षको माघको तुलनामा भने यो माघको मूल्यवृद्धि न्यून हो । अघिल्लो वर्षको माघमा उपभोक्ता मूल्यवृद्धि ४.१६ प्रतिशत थियो ।
यो माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.५०, गैर–खाद्य तथा सेवा समूहको ३.६६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को सात महिनाको औसत मूल्यवृद्धि जम्मा १.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मूल्यवृद्धि ४.८६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै ११.६३ प्रतिशत बढेको छ । घ्यू तथा तेलको ७.६१ प्रतिशत र फलफूलको ७.४१ प्रतिशतले बढेको छ ।
दाल तथा गेडागुडी उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ र मरमसलाको २.६१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।
प्रतिक्रिया 4