+
+
Shares

प्रत्यक्षमा १८ सिट जितेको कांग्रेस ८२ स्थानमा दोस्रो, अरु दलको अवस्था के ?

प्रत्यक्ष तर्फको नतिजामा कांग्रेस देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ८२ स्थानमा उपविजेता बनेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा र जसपा नेपाल समान ६–६ क्षेत्रमा दोस्रो स्थानमा छन् ।

केशव सावद केशव सावद
२०८२ फागुन २८ गते ९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपा प्रत्यक्षमा १२५ सिट जितेर सबैभन्दा ठूलो दल बन्दा १८ सिट जितेको नेपाली कांग्रेस ८२ निर्वाचन क्षेत्रमा दोस्रो भएको छ।
  • नेकपा एमाले ४१, नेपाली कम्युनिस्ट पार्टी १८ र जनता समाजवादी पार्टी नेपाल ६ निर्वाचन क्षेत्रमा दोस्रो भएका छन्।
  • प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टी चार स्थानमा दोस्रो भएको छ ।
  • कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार उपविजेता बने ।

२८ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा अभूतपूर्व जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेस देशभर ८२ स्थानमा दोस्रो भएको छ ।

निर्वाचन आयोगले मतगणनापछि सार्वजनिक गरेको पहिलो हुने निर्वाचित हुने निर्वाचन (प्रत्यक्ष) तर्फको नतिजामा कांग्रेस देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ८२ स्थानमा उपविजेता बनेको हो ।

आयोगका अनुसार नेकपा एमाले ४१ र नेपाली कम्युनिस्ट पार्टी १८ निर्वाचन क्षेत्रमा दोस्रो भएका छन् । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा र जनता समाजवादी पार्टी (जसपा) नेपाल समान ६–६ निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा देखिएका छन् ।

२१ फागुनको निर्वाचनभन्दा चार महिना अघिमात्रै स्थापना भएर प्रत्यक्षतर्फ तीन सिट जितेको नयाँ दल श्रम संस्कृति पार्टी पुराना दलहरूलाई पछि पार्दै चार क्षेत्रमा उपविजेता बनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नागरिक उन्मुक्ति पार्टी, नेपाल, नेपाल संघीय समाजवादी पार्टी र स्वाभिमान पार्टी एक–एक क्षेत्रमा दोस्रो भएका छन् ।

यस्तै कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार उपविजेता बन्दा धनुषा–१ को नतिजा अनिर्णित छ ।

कांग्रेस कहाँ–कहाँ दोस्रो भयो ?

कोशी प्रदेशमा पर्ने १४ जिल्लाअन्तर्गतका २८ निर्वाचन क्षेत्रमध्ये चार सिटमा जित निकालेको कांग्रेस १२ स्थानमा दोस्रो भएको छ । यस्तै मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये एक स्थानमा जितेको कांग्रेसले १३ सिटमा उपविजेतामै चित्त बुझाउनु परेको छ ।

आयोगको तथ्यांकले कांग्रेसलाई गण्डकी प्रदेशका १२ निर्वाचन क्षेत्रमा र बागमती प्रदेशका २० निर्वाचन क्षेत्रमा दोस्रो देखाएको छ । त्यसैगरी लुम्बिनीका १२, कर्णालीका तीन र सुदूरपश्चिमका १० निर्वाचन क्षेत्रमा कांग्रेस उपविजेता भएको छ ।

यी हुन् कांग्रेस उपविजेता बनेका क्षेत्रहरू–

प्रदेश  कांग्रेस दोस्रो भएका क्षेत्रहरू
कोशी प्रदेश ताप्लेजुङ–१, इलाम–२, झापा–१, धनकुटा, मोरङ–३, मोरङ–४, मोरङ–५, मोरङ–६, सुनसरी–२, सुनसरी–३, सुनसरी–४, ओखलढुंगा ।

 

मधेश प्रदेश सप्तरी–४, सिराहा–१, धनुषा–२, धनुषा–३, धनुषा–४, सर्लाही–१, सर्लाही–४, रौतहट–४, बारा–१, बारा–३, पर्सा–२, पर्सा–३, पर्सा–४ ।

 

बागमती प्रदेश धादिङ–२, नुवाकोट–१, नुवाकोट–२, काठमाडौं–१, काठमाडौं–२, काठमाडौं–४, काठमाडौं–५, काठमाडौं–६, काठमाडौं–७, काठमाडौं–९, काठमाडौं–१०, ललितपुर–१, ललितपुर–२, ललितपुर–३ काभ्रे–१, काभ्रे–२, सिन्धुपाल्चोक–२, मकवानपुर–१, चितवन–१, चितवन–२ ।

 

गण्डकी प्रदेश गोरखा–१, गोरखा–२, कास्की–१, कास्की–३, तनहुँ–१, तनहुँ–२, स्याङ्जा–१, स्याङ्जा–२, नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१, बाग्लुङ–१, बाग्लुङ–२, पर्वत ।
लुम्बिनी प्रदेश पाल्पा–२, रुपन्देही–१, रुपन्देही–३, कपिलबस्तु–२, रोल्पा, प्यूठान, दाङ–१, दाङ–३, बाँके–१, बर्दिया–२, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ ।
कर्णाली प्रदेश दैलेख–२, सुर्खेत–२, रुकुम पश्चिम ।
सुदूरपश्चिम प्रदेश अछाम–२, बझाङ, कैलाली–१, कैलाली–४, कैलाली–५, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर–२, कञ्चनपुर–३ ।

एमाले ४१ निर्वाचन क्षेत्रमा दोस्रो

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नौ सिट सुरक्षित गरेको एमाले देशभरका ४१ निर्वाचन क्षेत्रमा उपविजेता भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार एमालेका उम्मेदवारहरू कोशी प्रदेशका नौ र मधेश प्रदेशका चार स्थानमा दोस्रो भएका छन् ।

यस्तै बागमती प्रदेशका पाँच निर्वाचन क्षेत्रमा दोस्रो भएका एमालेका उम्मेदवारहरूले गण्डकीका पनि पाँच निर्वाचन क्षेत्रमा दोस्रो स्थानमै चित्त बुझाउनुपरेको छ ।

एमाले लुम्बिनी प्रदेशका ११, कर्णाली प्रदेशका पाँच र सुदूरपश्चिम प्रदेशका दुई निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा आएको छ ।

यी हुन्  एमाले दोस्रो भएका क्षेत्रहरू–

प्रदेश एमाले दोस्रो भएका क्षेत्रहरू
कोशी प्रदेश झापा–२, झापा–४, झापा–५, तेह्रथुम, भोजपुर, मोरङ–२, मोरङ–३, खोटाङ, उदयपुर–२ ।
मधेश प्रदेश सप्तरी–३, रौतहट १, बारा ४, पर्सा १ ।
बागमती प्रदेश भक्तपुर–२, मकवानपुर–२, दोलखा, रामेछाप, सिन्धुली–१ ।

 

गण्डकी प्रदेश लमजुङ, कास्की–२, नवलपरासी (बर्दघाट सुस्तापूर्व)–२, मुस्ताङ, म्याग्दी
लुम्बिनी प्रदेश गुल्मी–१, गुल्मी–२, पाल्पा–१, अर्घाखाँची, रुपन्देही–२, रुपन्देही–४, रुपन्देही–५, रुकुम पूर्व, दाङ–२, बाँके–३, बर्दिया–१ ।
कर्णाली प्रदेश डोल्पा, मुगु, कालिकोट, दैलेख–१, सुर्खेत–१ ।
सुदूरपश्चिम प्रदेश बाजुरा, डोटी ।

नेपाली कम्युनिस्ट पार्टी १८ निर्वाचन क्षेत्रमा दोस्रो

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ७ सिट जितेर चौथो ठूलो दल बनेको नेपाली कम्युनिस्ट पार्टी देशका विभिन्न १८ निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा देखिएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये एकमात्र क्षेत्र भएको हिमाली जिल्ला सोलुखुम्बुमा दोस्रो भएको छ । मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये ५ स्थानमा निकटतम प्रतिद्वन्द्वी बनेको छ ।

बागमती प्रदेशका पाँच निर्वाचन क्षेत्रमा दोस्रो भएको नेकपा गण्डकी प्रदेशअन्तर्गत पर्ने मनाङ जिल्लामा मात्रै उपविजेता भएको छ । नेकपाका उम्मेदवारहरू कर्णालीका तीन र सुदूरपश्चिमका तीन क्षेत्रमा दोस्रो स्थानमा देखिएका छन् ।

यी हुन् नेपाली कम्युनिस्ट पार्टी दोस्रो भएका क्षेत्रहरु–

प्रदेश नेकपा दोस्रो भएका क्षेत्रहरू
कोशी प्रदेश सोलुखुम्बु
मधेश प्रदेश सप्तरी–४, महोत्तरी–१, सर्लाही–२, सर्लाही–३, रौतहट–२
बागमती प्रदेश सिन्धुली–२, धादिङ–१, काठमाडौं–८, सिन्धुपाल्चोक–१, चितवन–३
गण्डकी प्रदेश मनाङ
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश जुम्ला, हुम्ला, जाजरकोट,
सुदूरपश्चिम प्रदेश अछाम–१, कैलाली–३, कञ्चनपुर–१,

रास्वपा ६ स्थानमा र श्रम संस्कृति ४ स्थानमा दोस्रो

प्रतिनिधिसभामा झण्डै दुईतिहाइ बहुमत नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संखुवासभा, सुनसरी–१, रसुवा, कपिलवस्तु–३, बाँके–२ र सल्यान–१ मा दोस्रो स्थानमा आएको छ ।

यसपालि तराई–मधेश केन्द्रित दलहरू प्रत्यक्षतर्फ जित निकाल्न असफल देखिएका छन् । विशेष गरी मधेशका मुद्दाहरू उठाउँदै आएका ती दलका प्रतिनिधिहरू यसपल्ट संसदमा देखिने छैनन् ।

जसमध्ये एक हो– जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेशका ३२ मध्ये ६ निर्वाचन क्षेत्रमा दोस्रो भएको छ । जसपा नेपाल सप्तरी–२, सप्तरी–३, महोत्तरी–२, महोत्तरी–४, रौतहट–३ र बारा–२ मा दोस्रो भएको हो ।

यसैगरी प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टी इलाम–१ र उदयपुर–१, मोरङ–१ र उदयपुर गरी चार स्थानमा दोस्रो भएको छ ।

सप्तरी–१ मा स्वाभिमान पार्टी र महोत्तरी–३ मा नेपाल संघीय समाजवादी पार्टी दोस्रो भएका छन् । कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार आशिष शर्मा दोस्रो स्थानमा आएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?