+
+
Shares

इनिसा बिकको हत्याको छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रचण्डको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १२:१४
इनिसाको हत्या भएको स्थान ।

२८ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले इनिसा बिकको हत्याको छिटो छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

सुर्खेतमा १६ वर्षीय बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मर्माहत बनाएको उल्लेख गर्दै उनले मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा  समवेदना व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न म सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?