+
+
Shares

इनिसा हत्या प्रकरण : माइतीघरमा न्याय माग गर्दै प्रदर्शन (तस्वीरहरू)

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ फागुन २८ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको माइतीघर मण्डलामा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या प्रकरणमा न्याय माग गर्दै विरोध प्रदर्शन भएको छ।
  • सुर्खेत प्रहरीले फागुन २३ गतेदेखि चार जना १८ वर्षमुनिका आरोपितलाई पक्राउ गरी थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको छ।
  • इनिसाको शव परिवारजनले अझै बुझ्न सकेका छैनन्।

२८ फागुन, सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघर मण्डलामा बिहीबार उनको न्याय माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर, पितृसत्ता मुर्दावाद,’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

उक्त घटनाको थप अनुसन्धान भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ  । सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।

प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी मोनजंग बुढथापाले जानकारी दिए ।

प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् ।

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो । मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको डिएसपी बुढथापाले जानकारी दिए । सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?