+
+
Shares

इनिसा हत्या प्रकरणको विरोधमा आज पनि प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १३:५२

३० फागुन, काठमाडौं । इनिसा विक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै युवाहरूले शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

इनिशा बिक हत्या प्रकरणको निष्पक्ष छानबिन गर्दै दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै युवाहरूको एक समूहले शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन माग गरेका छन् ।

त्यस्तै महिला तथा दलितमाथिको हिंसा अन्त्य गर, पिडितलाई न्याय दे लगाएतका नारावाजी गरेका थिए ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् ।

पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?