News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'लालिमा' को एड्भान्स टिकट बिक्री खुला भएको छ र देशब्यापी ७८ शोज पाएको छ।
- प्रतिनिधिसभा चुनावपछि रिलिज हुन लागेको यो पहिलो फिल्म हो जसले दर्शकलाई हलमा फर्काउनुपर्ने चुनौती छ।
- फिल्ममा रोश्नी कार्कीले लालिमाको भूमिका निभाएकी छिन् र मिराज रोशनले निर्देशन गरेका छन्।
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘लालिमा’ को एड्भान्स टिकट बिक्री खुला भएको छ । विहिबार दिउँसोसम्मको विवरण हेर्दा फिल्मले देशब्यापी ७८ शोज पाएको छ ।
प्रतिनिधिसभा चुनावपछि रिलिज हुन लागेको यो पहिलो फिल्म हो । चुनावको माहोलमा हल सुनसान भैरहेको बेलामा, दर्शकलाई फर्काउनुपर्ने चुनौती यो फिल्मसँग छ ।
वास्तविक यौनकर्मीको समस्या, पीडा र मानसिकताको घटनामा बनेको बताइएको यस फिल्ममा रोश्नी कार्कीले शीर्ष भूमिका लालिमाको पात्र निर्वाह गरेकी छन् । जीवन भट्टराई, उषा रजक, शिशिर वाङदेल, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेलको पनि अभिनय छ ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले फिल्म वितरणको जिम्मेवारी लिएको छ । मिराज रोशनले निर्देशन गरेका हुन् ।
‘न यता न उता’ पछि रोशनको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हो । अघिल्लो फिल्ममा उनले ‘मिड–लाइफ क्राइसिस’ को विषयवस्तु उठाएका थिए ।
प्रतिक्रिया 4