News Summary
Generated by OK AI. Editorially reviewed.- कथानक फिल्म ‘लालिमा’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ र यो २ मिनेट ४६ सेकेन्ड लामो छ।
- फिल्मले नेपालका ३ हजारभन्दा बढी यौनकर्मी महिलाको अनुभवमा आधारित हिंसा र विभेदको विषय उठाएको छ।
- ‘लालिमा’ अन्तर्राष्ट्रिय महिला दिवस २९ फागुनदेखि प्रदर्शनमा आउँदैछ र रोश्नी कार्कीले मुख्य भूमिका निभाएकी छन्।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको कथानक फिल्म ‘लालिमा’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलरले कथावस्तु, चरित्र चित्रण, मनोविज्ञानबारे संक्षिप्त कुरा दर्शाउँछ ।
सोसल ड्रामा जनरामा राखिएको फिल्मको ट्रेलरको रनटाइम २ मिनेट ४६ सेकेन्ड छ । नेपालका ३ हजार भन्दा धेरै यौनकर्मी महिलाको अनुभवमा आधारित कथावस्तु समेटिएको फिल्मले उनीहरूले भोग्नुपर्ने हिंसा र विभेद उजागर गर्ने सन्देश ट्रेलरको सुरुवातमा राखिएको छ ।
रोशन मिराज निर्देशित फिल्मको केन्द्रीय पात्रमा रोश्नी कार्कीले अभिनय गरेकी छन् । उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सवीन कट्टेल र शिशिर वाङ्देलको पनि अभिनय छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘लालिमा’ २९ फागुनदेखि प्रदर्शनमा आउँदैछ ।
अभिनेत्री अधिकारी भन्छिन्, ‘हाम्रो फिल्मले देखाउने खोजेको विषय नै यौनकर्मीको मानसिक समस्या हो । पृष्ठभूमि, बाध्यता, मनोदशा र कठिनाइका कारण उनीहरू कस्तो मानसिक अवस्थामा पुग्छन् भन्ने पक्ष पनि समेटिएको छ ।’
अभिनेत्री रजक फरक क्षमताकी (बोल्न नसक्ने) महिलाको भूमिकामा देखिएकी छन् । उनको भूमिका दर्शकलाई रोचक लाग्न सक्छ । उनी ‘म्युट’ चरित्रमा देखिएकी छन् ।
ट्रेलरले यौनकर्ममा लागेकी ‘लालिमा’को बच्चा जन्मिएको घटनालाई रहस्यको रुपमा छाडेको छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।
निर्देशक रोशनको कुरा गर्दा, उनी निर्देशित अघिल्लो फिचर फिल्म ‘न यता न उता’ सन् २०१९ मा प्रदर्शनमा आएको थियो ।
प्रतिक्रिया 4