+
+
Shares
फ्राइडे रिलिज :

चुनावपछि हलमा लाग्न थाले फिल्म, ‘लालिमा’ प्रदर्शनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा चुनावपछि नेपाली फिल्म 'लालिमा' शुक्रबारदेखि हलमा रिलिज भएको छ।
  • 'लालिमा' फिल्मले महिला यौनकर्मीको संघर्ष र मनोविज्ञानको कथावस्तु प्रस्तुत गरेको छ।
  • फिल्ममा रोश्नी कार्की, उषा रजक, सुष्मा निरौला र जीवन भट्टराईले अभिनय गरेका छन्।

काठमाडौं । प्रतिनिधिसभा चुनावले प्रभावित फिल्मको नियमित प्रदर्शन लयमा फर्किने अपेक्षा गरिएको छ । शुक्रबारदेखि नेपाली फिल्म ‘लालिमा’ हलमा रिलिज भएको छ ।

रोशन मिराज निर्देशित यो फिल्म चुनावपछि प्रदर्शनमा आउने पहिलो हो । चुनावसहितका केही कारणले पछिल्लो समय हलमा दर्शकको संख्यामा गिरावट आइरहेको बेलामा ‘लालिमा’ सामु दर्शक फर्काउनुपर्ने चुनौती छ ।

‘लालिमा’ एक मार्मिक सामाजिक ड्रामा हो जसको कथावस्तुमा एक युवतीले शोषण, आघात र सामाजिक कलंकको सामना गर्छिन् । त्यसपछि उनी कठोर संसारमा आफ्नो मर्यादा र आशा पुनः प्राप्त गर्न संघर्ष गर्छिन् ।

११७ मिनेट रनटाइमको यो फिल्मलाई पीजी सर्टिफिकेट प्राप्त छ । शीर्ष भूमिकामा रोश्नी कार्कीले अभिनय गरेकी छन् । उषा रजक, सुष्मा निरौला, जीवन भट्टराईको पनि अभिनय छ ।

महिला यौनकर्मीको संघर्ष र मनोविज्ञानको कथावस्तुमा आधारित फिल्मलाई यथार्थ घटनाहरूबाट प्रेरित फिल्म बताइएको छ । शुक्रबार बिहानी शो नभएको कारण हलले मध्यान्हदेखि मात्र शोज प्रदान गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?