+
+
Shares

मधेशमा रास्वपालाई समानुपातिकमा भन्दा प्रत्यक्षमा कम मत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३० क्षेत्रमा जित हासिल गरेको छ।
  • धनुषा १ मा रास्वपाकी किशोरी साह कमलको नाम कालोसूचीमा रहेकाले निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको छ।
  • रौतहट २ मा कांग्रेसका फिरदोश आलम विजयी भएका छन् भने रास्वपाका उम्मेदवार शेख सगिर तेस्रो भएका छन्।

२८ फागुन, काठमाडौं । मधेश प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छ । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३० क्षेत्रमा जित हासिल गरेको छ ।

एउटा क्षेत्रमा उसको उम्मेदवारको उम्मेदवारी नै खारेज भएको थियो भने अर्को एउटा क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भए ।

धनुषा १ मा रास्वपाका तर्फबाट किशोरी साह कमल उम्मेदवार थिए । उनको नाम कालोसूचीमा रहेको पाइएपछि निर्वाचन आयोगले उम्मेदवारी नै खारेज गर्‍यो ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार फिरदोश आलम विजयी हुँदा रास्वपाका उम्मेदवार शेख सगिर तेस्रो भए । बाँकी ३० क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विजयी भएका हुन् ।

मधेश प्रदेशका सबै निर्वाचन क्षेत्रबाट विजयी भएका र पराजित भएका रास्वपाका सबै उम्मेदवारको मत जोड्दा १० लाख ६५ हजार ९७८ पुग्छ । समानुपातिकतर्फ रास्वपाले पाएको मत यो भन्दा बढी छ ।

निर्वाचन आयोगका अनुसार मधेश प्रदेशबाट रास्वपाले समानुपातिकतर्फ १३ लाख ४६८ मत पाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?