+
+
Shares

‍शेखर कोइरालासहितलाई हराएकी रुविनाको चुनाव खर्च १२ लाख ४० हजार

नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालालाई भारी मतान्तरले पराजित गरेकी रास्वपा नेतृ रुविना आचार्यले चुनाव खर्च विवरण बुझाएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा नेतृ रुविना आचार्यले फागुन २८ गते प्रतिनिधिसभा निर्वाचन खर्च विवरण १२ लाख ४० हजार ७ सय ६ रुपैयाँ बुझाएकी छन्।
  • फागुन २१ मा मोरङ क्षेत्र नं ६ मा आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी थिइन् भने कांग्रेसका डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत पाए।
  • आचार्यले सवारी भाडा, स्वयंसेवक खाना, प्रचार सामग्री र विद्युतीय प्रचारमा क्रमशः १ लाख ४९ हजार, २ लाख ४७ हजार, २ लाख २५ हजार र ३ लाख रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ।

२८ फागुन, विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालालाई भारी मतान्तरले पराजित गरेकी रास्वपा नेतृ रुविना आचार्यले चुनाव खर्च विवरण बुझाएकी छन् ।

फागुन २१ काे प्रतिनिधिसभा निर्वाचनमा माेरङकाे क्षेत्र नम्बर ६ मा आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी थिइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार विनोदप्रसाद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका थिए ।

फागुन २८ गते बिहीबार आचार्यले १२ लाख ४० हजार ७ सय ६ रुपैयाँ खर्च भएको विवरण बुझाएकी हुन् ।

निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा सवारी साधन भाडाका लागि १ लाख ४९ हजार ४ सय, अभियान्ता, स्वयंसेवक, प्रतिनिधि खाना, खाजा, चिया पानी खर्चमा २ लाख ४७ हजार ९३५ रुपैयाँ,सचिवालय स्थापना र चिया नास्ता शीर्षकमा १२ हजार ९३५, बुथ प्रतिनिधि प्रशिक्षण, व्यवस्थापनका लागि २ लाख, प्रचारप्रसार सामग्री, साउन्ड सिस्टम सिटी रिक्सामा प्रचारका लागि २ लाख २५ हजार ७७६ रुपैया र विद्युतीय प्रचारप्रसार फोटोकपी तथा भिडियोग्राफीका लागि ३ लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?