News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ क्षेत्र नम्बर ६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले १०३७७ मत प्राप्त गरी फराकिलो अग्रता बनाएकी छन्।
- नेपाली कांग्रेसका डा. शेखर कोइरालाले २३६३ मत प्राप्त गरेका छन् र उनी रुविनाभन्दा ८ हजार १४ मतले पछि छन्।
- नेकपा एमालेका विनोदप्रसाद ढकाल २२४५ मतसहित तेस्रो स्थानमा छन् भने श्रम संस्कृति पार्टीकी मातृका पौडेल २२२४ मतसहित चौथो स्थानमा छन्।
२२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता बनाएकी छिन् ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार उनले १०३७७ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले २३६३ मत प्राप्त गरेका छन् ।
डाक्टर कोइराला भन्दा ८ हजार १४ मत रुविना अगाडि छिन् ।
नेकपा एमालेका उम्मेदवार विनोदप्रसाद ढकाल २२४५ मतसहित तेस्रो स्थानमा रहेर पछ्याइरहेका छन् ।
श्रम संस्कृति पार्टी उम्मेदवार मातृका पौडेलले २२२४ मतसहित चौथो स्थानमा छन् ।
राप्रपाका सविन निरौलाले ३९९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ओपेन्द्रकुमार रायले ३०२ मतसहित उनीहरुलाई पछ्याइरहेका छन् ।
प्रतिक्रिया 4