News Summary
Generated by OK AI. Editorially reviewed.- जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले ५ हजार ५९ मतगणना पछि २ हजार ६९१ मत प्राप्त गरी अग्रता कायम राखेका छन्।
- नेकपाका नरेश भण्डारी दोस्रो स्थानमा छन् र उनी शाहीभन्दा १ हजार ४५८ मतले पछाडि छन्।
- नेपाली कांग्रेसका दीपबहादुर शाहीले ६०५ मत र नेकपा एमालेका शान्तिलाल महतले २८१ मत प्राप्त गरेका छन्।
२२ फागुन, जुम्ला । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निकटतम् प्रतिस्पर्धीभन्दा १ हजार ४ सय ५८ मतले अगाडि देखिएका छन्। कनसुन्दरी गाउँपालिकाको ५ हजार ५९ मतगणना गरिसक्दा शाहीले २ हजार ६९१ मत प्राप्त गरेका हुन्।
दोस्रो स्थानमा रहेका नेकपाका नरेश भण्डारीले १ हजार २ सय ३३ मत प्राप्त गरेका छन्। उनी राप्रपाका ज्ञानेन्द्र शाहीभन्दा १ हजार ४ सय ५८ मतान्तरले पछाडि छन्।
त्यस्तै नेपाली काङ्ग्रेसका दीपबहादुर शाहीले ६ सय ५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले २ सय ८१ मत प्राप्त गरेका छन् । रास्वपाकी विनिता कठायतले अहिलेसम्म ३६ मत प्राप्त गरेकी छन् । मतगणना कार्य निरन्तर जारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4