+
+
Shares

संखुवासभामा हेलिकप्टरबाट मतपेटिका संकलन गरिँदै 

भविन कार्की भविन कार्की
२०८२ फागुन २२ गते १६:१२

२२ फागुन, संखुवासभा । संखुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपेटिका हेलिकप्टर मार्फत मतपेटिका संकलन सुरु गरिएको छ ।

भौगोलिक रूपमा निकै विकट सडक सञ्जाल नपुगेका भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रका ५ वटा मतदान केन्द्रका मतपेटिका शुक्रबार दिउँसो हेलिकप्टर मार्फत ल्याउन सुरु गरिएको छ ।

पहिलो चरणमा भोटखोला गाउँपलिका –१ स्थित हिमालय आधारभूत विद्यालय किमाथाङ्का मतदान केन्द्रबाट सेनाको हेलिकप्टर मार्फत मतपेटिका ल्याउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।

भोटखोलाका तीन र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टर मार्फत शुक्रबार साँझसम्म मतपेटिका ल्याइसकिने थपलियाले बताइन् ।

आज बिहानसम्म जिल्लाका १० स्थानीय तहमध्ये ८ स्थानीय तहको मतपेटीका संकलन भइसकेको छ । भोटखोलाको दूधपोखरी आधारभूत विद्याल थुदाम र ज्योती आधारभूत विद्यालय रिदाक र सिलिचोङ गाउँपालिका –५ को खेम्पालुङ आधारभूत विद्यालयको र वडा नम्बर ३ को शिव शक्ति माध्यमिक विद्यालय काम्पेक मतदान केन्द्रको मतपेटिका ल्याइने भएको छ ।

सडक सञ्जाल नपुगेका केही स्थानमा मतपेटिका आउन समय लाग्ने भएका कारण मतगणना आज रातिदेखि मात्र हुने बताइएको छ ।

मतगणनाका जिल्ला समन्वय समितिको सभा हलमा मतगणना स्थल समेत तयार पारिसकिएको छ । गणना स्थलमा सीसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?