+
+
Shares

दुबईको वित्तीय क्षेत्र नजिक खस्यो ड्रोन

एक ड्रोन शेख जायद रोडमा रहेको एक भवनको बाहिरी भागमा ठोक्किएको अधिकारीहरूलाई उद्धृत गर्दै ‘मकाउ बिजनेस डटकम’ ले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते ९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दुबईको अल बदाआ क्षेत्रमा शेख जायद रोड नजिक ड्रोन खसेको छ, जुन दुबईको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र नजिकै छ।
  • इरानले अमेरिका र इजरायलसँग सम्बन्धित आर्थिक केन्द्रहरूमा आक्रमण गर्ने धम्की दिएपछि उक्त क्षेत्रमा ड्रोन खसेको बताइएको छ।
  • मध्यपूर्व युद्ध सुरु भएदेखि खाडी क्षेत्रमा इरानी आक्रमणबाट २४ जनाको मृत्यु भइसकेको छ, जसमा सात जना अमेरिकी सैनिक र ११ जना सर्वसाधारण छन्।

२९ फागुन, काठमाडौं । दुबईको वित्तीय क्षेत्र नजिकै एउटा ड्रोन खसेको छ । दुबईको अल बदाआ क्षेत्रमा बिहीबार ड्रोन खसेको हो ।

उक्त ड्रोन शेख जायद रोडमा रहेको एक भवनको बाहिरी भागमा ठोक्किएको अधिकारीहरूलाई उद्धृत गर्दै ‘मकाउ बिजनेस डटकम’ ले जनाएको छ । शेख जायद रोड दुबईको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र नजिक पर्ने मुख्य सडक हो ।

अमेरिका र इजरायलसँग सम्बन्धित आर्थिक केन्द्रहरूमा इरानले आक्रमण गर्ने धम्की दिएपछि उक्त क्षेत्रमा ड्रोन खसेको बताइएको छ ।

बुधबार अमेरिकी बैंकिङ कम्पनीसँगै परामर्श कम्पनीलगायत अन्य केही कम्पनीहरूले आफ्ना कार्यालयहरू बन्द गर्न र कर्मचारीहरूलाई बाहिर जान भनेका थिए ।

दुबई मध्यपूर्वको एक प्रमुख वित्तीय केन्द्र हो । २८ फेब्रुअरीमा युद्ध सुरु भएपछि दुबईले आफ्ना खाडी छिमेकी मुलुकहरू जस्तै इरानी आक्रमणबाट ठूलो असर भोगिरहेको छ ।

मध्यपूर्व युद्ध सुरु भएदेखि खाडी क्षेत्रले इरानका आक्रमणको ठूलो असर भोगिरहेको छ । जसबाट हालसम्म २४ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये सात जना अमेरिकी सैनिक र ११ जना सर्वसाधारण नागरिक रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?