+
+
Shares

प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्ष तयार हुन अझै २ महिना लाग्ने

प्रतिनिधिसभा हल तयार नहुने भएपछि सहरी विकास तथा भवन निर्माण विभागले कामचलाउका रूपमा बहुउद्देश्यीय हल तयार पारिरहेको छ । उक्त हल तीन सय जना अट्ने क्षमताको छ । सोही हलमा नयाँ सांसदहरूलाई शपथ गराउने र केही बैठक पनि राख्ने तयारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते ११:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबारस्थित नयाँ संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै एकदेखि दुई महिनासम्म लाग्न सक्ने भएको छ।
  • सहरी विकास तथा भवन निर्माण विभागले कामचलाउ बहुउद्देश्यीय हल तीन सय जना अट्ने क्षमतामा तयार पारिरहेको छ।
  • राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ सांसदहरूको शपथ ग्रहण र बैठकका लागि सबै तयारी गर्न निर्देशन दिनुभएको छ।

२९ फागुन, काठमाडौं । सिंहदरबारस्थित नयाँ संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै एकदेखि दुई महिनासम्म लाग्न सक्ने भएको छ ।

प्रतिनिधिसभा हल तयार नहुने भएपछि सहरी विकास तथा भवन निर्माण विभागले कामचलाउका रूपमा बहुउद्देश्यीय हल तयार पारिरहेको छ । उक्त हल तीन सय जना अट्ने क्षमताको छ । सोही हलमा नयाँ सांसदहरूलाई शपथ गराउने र केही बैठक पनि राख्ने तयारी गरेको छ ।

बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमनमा गएका थिए । अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभा र प्रतिनिधि सभा हलका साथै मल्टिपर्पोज हलको अवस्थाका बारेमा जानकारी लिए ।

सोही क्रममा सहरी विकास मन्त्रालयका अधिकारीहरूले प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै १/२ महिना लाग्ने बताएका हुन् ।

वैकल्पिक रूपमा काम गर्दै गरेको मल्टिपर्पोज हललाई सभाकक्षका रूपमा शनिबारसम्म निर्माण गरिसक्ने पनि उनीहरूले बताएका छन् । जहाँ नयाँ सांसदहरूको शपथ हुनेछ ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले बनिरहेको मल्टिपर्पोज हलको प्रगतिका बारेमा पनि जानकारी लिए । अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण र त्यसपछि प्रतिनिधि सभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?