३० फागुन, काठमाडौं । इरानका दिवंगत शाहका निर्वासित छोरा रजा पहलवीले युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीसँग भेट गरेका छन् । उनीहरू बीच फ्रान्सको राजधानी पेरिसमा भेट भएको हो ।
६५ वर्षीय पहलवीले इरानमा अन्तरिम सरकारको नेतृत्व गर्न आफू सक्षम रहेको अभिव्यक्ति दिएका थिए । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको दावीमाथि सन्देह जनाएका छन् ।
इरान र रूस कयौं दशकदेखि एकअर्काका सहयोगी मुलुक हुन् । पछिल्लो समय अमेरिकाले रूसमाथि इरान युद्धमा मद्दत गरिहरेको आरोप लगाएको छ । रूसका तर्फबाट युक्रेनमाथि गरिएको आक्रमणमा इरानमा डिजाइन गरिएका ड्रोनको प्रयोग ठूलो स्तरमा भएको छ ।
पहलवीसँगको भेटपछि जेलेन्स्कीले भने, ‘युक्रेन साच्चै एउटा यस्तो स्वतन्त्र इरान देख्न चाहन्छ, जो रूसलाई सहयोग नगरोस् र मध्यपूर्व, युरोप र विश्वलाई अस्थिर नबनाओस् ।’
यस्तैबीच रजा पहलवीले सामाजिक सञ्जालमा भनेका छन्, ‘देशको सम्प्रभुताको रक्षाको मूल्य युक्रेनभन्दा राम्रोसँग धेरै कम देशले बुझ्दछन् ।’
प्रतिक्रिया 4