+
+
Shares

पेट्रोलियम पदार्थको कालोबजारी गर्नेमाथि निगरानी गर्दै काठमाडौं महानगर

ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरको ‘हटलाइन नम्बर’ ११८० मा टिपाउन सकिने व्यवस्था मिलाइएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १९:०१

३० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र डिजेल–पेट्रोलको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने बताएको छ । महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्लेले कालोबजारी गर्ने कसैलाई पनि उन्मुक्ति नहुने बताएका हुन् ।

‘ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आइरहेको छ,’ उनले भने, ‘यस्ता गुनासा आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको छ ।’

नेपाल आयल निगमले ग्यासको मूल्य आधा सिलिन्डरको ९५५ रुपैयाँ तोकेको छ । यही मूल्यमा खरिदबिक्री गर्न व्यवसायी र उपभोक्तामा महानगरको अनुरोध रहेको काफ्लेले बताए ।  ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले बढी भण्डारण गर्ने गरेकाले पनि बजारमा अभाव देखिएको बताउँदै उनले भने, ‘यसरी ग्यास सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ । यसकारण उपभोक्ताले पनि जिम्मेवारपूर्वक ग्यास माग गर्नुपर्छ ।’

सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व रहेको उनले बताए ।

ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरको ‘हटलाइन नम्बर’ ११८० मा टिपाउन सकिने व्यवस्था मिलाइएको उनले बताए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?