+
+
Shares

तुइन खोलाको पहिरोमा राखियो फ्लड लाइट

उक्त क्षेत्रमा कुनै पनि समय ढुंगा खस्नसक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिनेगरी फ्लडलाइट जडान गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते २०:०३

३० फागुन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिकै फ्लड लाइट जडान गरिएको छ ।

सडक डिभिजन भरतपुरका सब इन्जिनियर हरि कुमार श्रेष्ठका अनुसार, शनिबार उक्त ठाउँमा दुई वटा फ्लड लाइट जडान गरिएको हो ।

उक्त क्षेत्रमा कुनै पनि समय ढुंगा खस्नसक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिनेगरी फ्लडलाइट जडान गरिएको श्रेष्ठले बताएका छन् ।

ओभरटेक नगरी संयमित भइ यात्रा गर्नका लागि चालक एवं यात्रुहरूलाई आग्रह समेत गरिएको उनले बताए ।

हिजोमात्रै काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसको क्याबिनमा ढुंगो बजारिएको थियो । यद्यपि, चालकको होसियारीले ठूलो दुर्घटना टरेको थियो । उक्त दृश्य बसमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको थियो ।

बागमती प्रदेश ०३–००१ ख–४८७१ नम्बरको बसमा उक्त घटना भएको थियो । बसमा ४३ जना सवार थिए ।

तुइन खोलामा गत वर्षायाममा निरन्तर पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?