+
+
Shares

गुडिरहेको नाइट बसको क्याबिनमा जब ढुंगो बजारियो…

गएराति चितवनको तुइन खोला पहिरोमा माथिबाट अचानक ढुंगा खसेको हो । उक्त दृष्य बसमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसको क्याबिनमा चितवनको तुइन खोला पहिरोमा ढुंगा खसेको छ।
  • बसमा ४३ जना सवार थिए र चालकको होसियारीले ठूलो दुर्घटना टरेको राष्ट्रिय यातायात व्यवसायी महासंघ वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए।
  • घटनामा एक यात्रु घाइते भएका छन् र चालकले बहादुरीपूर्वक गाडी बचाउन सफल भएको उनले उल्लेख गरे।

२९ फागुन, काठमाडौं । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसको क्याबिनमा ढुंगो बजारिएको छ ।

यद्दपि, चालकको होसियारीले ठूलो दुर्घटना टरेको राष्ट्रिय यातायात व्यवसायी महासंघ कार्यवाहक अध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार गएराति चितवनको तुइन खोला पहिरोमा माथिबाट अचानक ढुंगा खसेको हो । उक्त दृष्य बसमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको छ ।

बागमती प्रदेश ०३–००१ ख–४८७१ नम्बरको बसमा उक्त घटना भएको हो । बसमा ४३ जना सवार थिए । तुइन खोलामा गत वर्षायाममा निरन्तर पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

उनका अनुसार घटनामा काठमाडौंबाट नारायणगढ जाँदै गरेका एक यात्रु घाइते भएका थिए । बसले आकस्मिक ब्रेक लगाउँदा थप केही यात्रु सामान्य घाइते भएको समेत उनले बताए । चालकले बहादुरीपूर्वक गाडी बचाउन सफल भएको उनको भनाइ छ ।

‘थोरै पनि दायाँबायाँ भएको भए तल त्रिशूली नदीमा जाने जोखिम थियो,’ उनले भने, ‘चालकले यो घटनामा बहादुरी देखाएका छन् ।’

उक्त बसमा सीसी क्यामरा र जीपीएस सिस्टम जडान भएका कारण घटनाबारे प्रत्यक्ष जानकारी भएको उनले बताए । बसमा प्रविधि जडान हुँदा यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

जीपीएस सिस्टम अनिवार्य गर्ने पक्षमा सबै यातायात व्यवसायी रहेको भन्दै उनले सरकारले यसको कार्यविधि अविलम्ब बनाउनुपर्ने समेत बताए । त्यसले घटनामा कसको दोष रहेछ भन्ने समेत स्पष्ट हुने उनले उल्लेख गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?