+
+
Shares

रक्षा बमको प्रश्न- कार्की आयोगको प्रतिवेदन खोइ ?

‘यसलाई कार्यान्वयनमा लैजानु पर्छ भन्ने कुरामा हाम्रो कुनै आपत्ति छैन । तर कार्यान्वयन जति महत्त्वपूर्ण छ, त्यत्तिकै महत्त्वपूर्ण पारदर्शिता पनि हो,’ अभियन्ता बमले लेखेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते २०:३२

३० फागुन, काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले भदौ २३ र २४ का घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्न माग गरेकी छन् । शनिबार फेसबुकमार्फत अभियन्ता बमले आफूले प्रतिवेदन पर्खिरहेको बताउँदै सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।

‘भदौ २३ र २४ का घटना आफैँमा अत्यन्त संवेदनशील विषय हुन् । यसबारे छानबिन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदनमा पनि संवेदनशील पक्षहरू समेटिएका हुन सक्छन्,’ अभियन्ता बमले लेखेकी छन्, ‘तर संवेदनशीलताको नाममा सत्यलाई जनताबाट टाढा राख्ने परम्परा अब दोहोरिनु हुँदैन ।’

त्यो प्रतिवेदन जनताले पढ्न र बुझ्न पाउनुपर्ने कुरा उनले बताएकी छन् । ‘यसलाई कार्यान्वयनमा लैजानु पर्छ भन्ने कुरामा हाम्रो कुनै आपत्ति छैन । तर कार्यान्वयन जति महत्त्वपूर्ण छ, त्यत्तिकै महत्त्वपूर्ण पारदर्शिता पनि हो,’ अभियन्ता बमले लेखेकी छन् ।

अन्तरिम सरकारसँग आफ्नो स्पष्ट आग्रह भन्दै उनले भनेकी छन्, ‘कार्की आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गरियोस् । हामी हेरिरहेका छौँ है ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?